काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल भएको बताईएको छ ।
नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भनेको छ । तर, प्रधानमन्त्री देउवाले सरकारमै सहभागी हुन आग्रह गरिरहेका छन् । प्रचण्डले पनि नेता नेपाललाई सरकारमा सहभागी हुनका लागि आग्रह गरेको बुझिएको छ । भोलि संघीय संसद्को बैठक बस्दैछ । बैठक बस्नुअघि नै कसरी अघि बढ्ने भन्नेबारे दाहालले नेपालसँग छलफल गरेका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३