काठमाडौं – नेकपा एमालेका २२ सांसदको हातमा २४ घन्टे स्पष्टिकरण पुगेको छ । अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले विपक्षसँग साँठगाँठ गरेर पार्टीको गोपनीयता भंग गरेको र निर्णय नमानेको भन्दै स्पष्टिकरण सोधेको हो ।
स्पष्टिकरणमा पार्टी प्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई आँच आउने गरी क्रियाकलाप गरेको आरोप लगाइएको छ । स्पष्टिकरणमा भनिएको छ,‘तपाईंलाई पार्टीको साधारण सदस्यतालगायत पार्टीको जिम्मेवारीबाट किन निस्कासन नगर्ने ?’
स्पष्टिकरणबाट एमालेका माधव नेपाल पक्षीय २२ सांसद निस्काशित हुने देखिएको छ । उनीहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३