काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।
उनीहरुबीच २ घण्टा लामो भेटवार्ता भएको बताइएको छ । उनीहरुबीच के बिषयमा छलफल भयो भन्ने खुलेको छैन ।
राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटलाई महत्वका साथ हेरिएको छ । किनकी राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको मिलेमतोमा अझै केही अंवैधानिक कार्य गर्नसक्ने नेताहरुको आकलन रहदै आएको छ ।
उनीहरुबीच शुक्रबार बिहान पौने १२ देखि झण्डै २ बजेसम्म भेटवार्ता भएको बताइएको छ । स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न अध्यक्ष ओली शीतलनिवास पुगेकाे स्रोतको भनाइ छ ।
ओली प्रधानमन्त्री रहेका बेला राष्ट्रपतिले पटक-पटक असंवैधानिक कदममा साथ दिएको भन्दै आलोचना हुने गरेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३