पर्सा – ईलाका प्रहरी कार्यालय पोखरियाले लागुऔषध खैरो हिरोइनसहित सार्वजनिक गरेको पकहामैनपुर गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष अमिरका सहनीलाई छुटाउन मन्त्रालयसम्म दौडधूप लागेको छ ।
वडा अध्यक्ष सहनीसहित पक्राऊ परेका तिनै जनालाई छुट्याउन २५ लाख सम्मको कुरा भइरहेको एक स्रोतले जनाएको छ । स्रोतका अनुसार इलाका प्रहरी कार्यालय पोखरीया प्रहरी निरीक्षक दीपक थापालाई विभिन्न किसिमको तनाव र राजनीतिक दबाव समेत दिएको छ। वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १९ वर्वा नजिकैबाट सरकारी मोटरसाईकलसहित साउन ३ गते पक्राउ परेका वडा अध्यक्ष सहनीको बारेमा केहीले दवाव सृजना गरेपनि अनुसन्धानमा कुनै प्रभाव नपर्ने पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। साथै ९० दिनसम्म म्याद थपेर कारवाही प्रक्रिया बढाउन मिल्ने हुँदा दवाव आएपनि प्रहरीको अनुसन्धानमा कुनै किसिमको आशंका नगर्न अपिल गरेका छन् ।
लागुऔषध ऐन २०३३ अनुसार दोषि ठहर भएमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि २ लाखसम्म जरिवानाको सजाय व्यवस्था रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३