काठमाडौं – लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले आफूलाई मार्ने धम्की दिएको बताएका छन् । महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको उनले बताए ।
सामाजिक सञ्जालमा संग्रौलाले लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’
उनले तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? प्रश्न गरेका छन् ।
‘यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर’, संग्रौलाले लेखेका छन् ।
शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका पराेक्ष धम्की झेलेकाे थिएँ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।तह लाउने बदनाम गरेर,कुटेर हाे कि मारेर हाे?याे अति उदार र सहिष्णु ओली सरकाे आदेशबमाेजिमकाे धम्की त हाेला।धन्य ओली सर!
— Khagendra Sangroula (@belakoboli) July 25, 2021
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३