काठमाडौं – जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् । यो संख्या ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा बहुमत हो ।
हेड काउन्टमा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना पुगेका छन् । जेलमा रहेका कार्यकारिणी समितिका सदस्य रेशम चौधरी तटस्थ बसे ।
जसपामा कार्यकारिणी समिति सदस्यहरुको हेड काउन्टबाट छिनोफानो गर्ने भनिएकोमा उपेन्द्र यादव पक्षमा बहुमत देखिएपछि उनैले आधिकारिकता पाउने निश्चित भएको छ । यसअघि जसपाको आधिकारिकता दाबी गर्दै ठाकुरले ३१ जनाको हस्ताक्षरसहित निवेदन दिएका थिए । नयाँ राजनीतिक घटना विकास हुँदा महन्थ ठाकुर पक्षका ३ जना यादव पक्षमा गएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३