ललितपुर – कुनै समय भिभिआइपी रोड भनेर चिनिने सातदोबाटो हुदै गोदावरी जाने खडक खण्डको निर्माणमा भइरहेको ढिलासुस्तीका कारण स्थानीय तथा यात्रुले दुख झेल्नु परेको छ ।
हिँउदमा धुलाम्मे हुने यस सडक वर्षायाममा भने हिलाम्मे भएको छ । निर्माण कार्य कछुवा गतिमा चलिरहेको छ । संघीय सरकारको बजेट परेका कारण गोदावरी नगरपालिकाको यसमा कुनै सरोकार नहुने भन्दै नगरपालिकाका प्रतिनिधि सजिलै पन्छिने गरेका छन् ।
स्थानीयहरु जनप्रतिनिधिको काम गराइ र जवाफदेहिता देखेर रनभुल्लमा परेका छन् । बाटोको यो दुर्दशाका कारण कोभिडले धरासायी बनाएर केही हदसम्म तंग्रिन खोजेका व्यवसायहरु पनि सुस्त बनाइदिएको छ ।
सडकको निर्माण कहिले सम्पन्न होला र केही हदसम्म भएपनि व्यापार वृद्वि होला भन्ने आशमा बसेको एक रेष्टुरेण्ट व्यवसायीले बताए । बाटोको अवस्थाका कारण आफ्नो रेष्टुरेण्टमा आउने ग्राहक अति न्यून भएको पनि उनले दुखेसो पोखे ।
यात्रुहरु हिलाम्मे सडकमा धेरै समय जाममा फस्नु परेको छ । गाडीहरु हिलोमा फसिरहेका छन् र मोटरसाइकलहरु दैनिक जसो नै हिलोमा चिप्लिएर लड्ने गरेका छन् ।
राष्ट्र कै ठूलो सम्मेलन केन्द्र सनराइज सम्मेलन हल जाने बाटोको यो अवस्थाले सम्पूर्ण जनप्रतिनिधिको बिल्ला भिरेकाहरुलाई गिजाइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३