काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वर पुगेर दाहालले भेटवार्ता गरेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो ।
दाहालले नेता नेपाललाई सरकारमा सहभागी हुनको लागि आग्रह गर्दै आएका छन् । हिजोमात्रै निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालको आधिकारिकता टुँगो लगाएको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएका छन् । यो सँगै यादव पक्ष सरकारमा सहभागी हुने भएको छ । यादवले हिजै निर्वाचन आयोग परिसरमै उभिएर आफूहरु सरकारमा जान तयार रहेको बाएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३