काठमाडौं – नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेश गर्न चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी छिटो संसदमा पेश गर्न चुनौती दिएका हुन् ।
देउवाले विगतमा एमसीसी छिटो ल्याउन भन्दै वेल घेर्न लगाएको ट्वीटमा उल्लेख गर्दै भने,‘ओली हुँदा त छिटो ल्याउ भनेर वेल घेर्न लगाउने उनै देउवा हुन् । ओली हटाएपछि पास गरिदिने विश्वास दिलाउने प्रचण्ड समेतको अग्रगामी मोर्चामै छ हैन सजमो पनि ?’
एमसीसी परियोजनाका विषयमा राजनीतिक दाउपेच चलिरहेको समेत उनले बताएका छन् । पछिल्लो समय गठबन्धनभित्रै एमसीसीबारे विरोध उठेपछि बाँस्कोटाको भनाई सार्वजनिक भएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३