काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । तर, नेपालले आफूपक्षीय २२ सांसदबाहेकबाट मन्त्री पठाउने भएका छन् ।
विश्वस्त स्रोतका अनुसार नेपाल पक्षबाट राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटा मन्त्री बन्ने निश्चितप्रायः भएको छ । उनलाई संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मिल्न सक्ने बुझिएको छ । देवकोटा एमालेका सांसद होइनन् तर नेपाल निकट हुन् ।
नेपाल पक्षबाट मन्त्री बन्नेहरुमा एमालेसँग आवद्ध रहेर अध्यक्ष केपी शर्मा ओलीबाट कारबाही हुँदा फरक नपर्नेहरु रहने बुझिएको छ । नेपाल पक्षबाट ५ जना मन्त्रीको नाम भोलि पठाउने तयारी भएको छ ।
यसअघि नेपाल पक्ष सरकारमा सहभागी नहुने भएकोमा गठबन्धनमा असर पर्ने देखेर सहभागी हुने तयारी भएको हो । आज माओवादी अध्यक्ष प्रचण्डले नेपाललाई भेटेर यसबारे छलफल गरेका छन् ।
नेपालले भोलि मन्त्रीको नाम पठाउने भएकाले आजलाई मन्त्रिमण्डल विस्तार राकिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३