काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज या भोलिभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहँदा नेपाल समूह भने सरकारमा नजाने भएको हो ।
सरकारमा जानका लागि नेपाललाई आफूपक्षीय सांसदहरुको दबाब थियो । उनले सामूहिक छलफल गर्दा सरकारमा जानुपर्ने राय थियो । तर, नेपालले सांसद पद नै जाने खतरा देखाए ।
माधव नेपाललाई मन्त्री बन्नकै लागि साथ दिने सांसदहरु समेत छन् । उनीहरुले वार कि पार गरेर जानुपर्नेमा जोड दिएका छन् । त्यसमा पनि नेपालले संयम हुन आग्रह गरे ।
विश्वस्त स्रोतका अनुसार अब वार कि पार गर्नका लागि पनि वरिष्ठ नेता झलनाथ खनाल आएपछि टुंगो लगाउने गरी नेपालले सांसदहरुलाई थमथमाएका छन् । खनाल नयाँ दिल्लीमा उपचाररत छन् । उनी १० दिनभित्र काठमाडौं आइपुग्ने बुझिएको छ ।
खनाल आएपछि आफ्नो पक्षमा लामो समय रहेर असन्तुष्ट सांसदहरुलाई मनाउने रणनीति बनाएका छन् । भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईलगायत नेपालसँग असन्तुष्ट छन् । उनीहरुलाई खनाल आएपछि मनाउने गरी नेपालले रणनीति बनाएको बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३