काठमाडौं – नेकपा माओवादी केन्द्रको कारबाहीबाट पदमुक्त भएका चार पूर्वसांसदको रिटमाथि आज पनि सुनुवाइ भएन ।
उक्त रिटमाथि शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम रहन माग दावीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
बिहीबार उक्त रिट निवेदनमा न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिएपनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३