काठमाडौं – आज बस्ने भनेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो तीन बजेको लागि तय भएको बैठकको तयारी नपुगेको भन्दै आजलाई बैठक सारिएको छ ।
आजको बैठकमा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको थियो । माओवादी केन्द्रबाट हाल जनार्दन शर्मा अर्थ मन्त्री छन् भने पम्फा भुसालले र्जा मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा माओवादीले नौ मन्त्रालय पाउने भएको छ । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३