कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो ।
विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खाडाले जानकारी दिए । “घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो”
आगलागीबाट मानवीय क्षति नभए पनि लाखौ रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खाडाले बताए । उनले भने, “घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन् ।” घर जलेर नष्ट भएपछि सहदेवको छ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३