काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङ कार्यकारी निर्देशकको भूमिकामा आए पनि आफूलाई फरक नपर्ने अभिव्यक्ति दिएका छन् ।
यद्यपि त्यसका लागि आफूलाई सम्मानजनक जिम्मेवारी हुनुपर्ने सर्त शाक्यको छ । सरकारले आफूलाई राजीनामा लिन लगाएर घिसिङलाई पुनः प्राधिकरणमा ल्याउन लागेको चर्चाका बीच शाक्यले बुधबार पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा शाक्यले ऊर्जामन्त्री पम्फा भुसालले आफ्नो राजीनामा नमागेको बताए । राजीनामाका लागि दबाब नभई वैकल्पिक जिम्मेवारीबारे सोधनी भएको उनले उल्लेख गरे ।
शाक्यले आफ्नो क्षमताअनुसार सरकारले खटाएको जिम्मेवारीमा रहेर काम गर्न तयार रहेको स्पष्ट गरे । ‘मेरो क्षमताअनुसार जहाँ जिम्मेवार दिए पनि सरकारले खटाएको ठाउँमा काम गर्न तयार छु’, शाक्यले भने । सांकेतिक रुपमा कुलमान घिसिङ प्राधिकरणमा फर्किए आफूलाई फरक नपर्ने उनको भनाइ थियो । ‘सम्मानजनक जिम्मेवारी भए सरकारले तोकेको स्थानमा जहाँ जान पनि तयार छु’, शाक्यले भने ।
सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा शाक्यले अपमानजनक बहिर्गमन भए अदालत जाने उल्लेख गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३