वीरगंज – सिमानाकाका मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले जिम्मेवारीबाट पन्छिएको कारणले गर्दा सबैठवा नाकाबाट व्यापकरुपमा भैसीको तस्करी भईरहेको छ।
सशस्त्र प्रहरी बल सबैठव बिओपी प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलको मिलोमतोमा बडका गाऊ , खेस्राहा नाका भई भारतबाट नेपाल भित्राईएका गाई , भैसीहरु लहावरथकरी गाऊको बाटो प्रयोग गरी पोखरीया, डकैला बहुअरी , जगरनाथपुर हुँदै परवानीपुर बजार सम्म पुर्याउने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
सशस्त्र प्रहरीले प्रत्येक गोटा भैसीको ५०० देखि १००० रुपैया सम्नको दरले रकम असुली गरि दिन्हु १०० को सख्यामा सो नाकावाट नेपाल भित्राईरहेको नाम उल्लेख नगर्ने सर्तमा एक सशस्त्र प्रहरीको सिपाहीले बताएका छन्।
स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक भुजेलले आफ्नो माथिल्लो हाकिमहरुको नाऊमा भैसी व्यापारीहरुसंग लाखौं रुपैया असुली गरि तस्करीको लाईन दिएको एक प्रत्यक्षदर्शीले बताएका छन्।
विगत केही दिन पहिला सबैठवा नाका भई नेपाल भित्रिएका १४ वटा भेसी मध्ये १० वटा भैसी अमरपर्टी र ४ वटा भैसी सशस्त्र प्रहरी बल बिओपीले पक्राउ गरेको थियो, यसले प्रमाणित हुन्छकी सबैठवा नाकावाट व्यापक रुपमा तस्करी भईरहेको छ।
श्रावण १८ गते रातिमा सबैठवा नाका भई पोखरीया आएको भैसी सशस्त्र प्रहरी बेश क्यामप पोखरीयाले ४ वटा समातेपछि यसले प्रमाणित हुन्छ कि ग्रामीण भेगका नाकाहरुवाट व्यापक रुपमा तस्करी भईरहेको छ।
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख एवम डिआईजी चन्द्रप्रकाशले आफु ईमन्दार भएको दाबी गरेपनि उनको मातहत रहेका सशस्त्र प्रहरी बल बिओपी सबैठवाका प्रमुख एवम प्रहरी निरीक्षक भुजेलले तस्करहरुसंग मोटो रकम असुली गरी तस्करीको लाईन दिएपनी केही कारवाही नगरेको हुनाले उनी माथि पनि प्रश्न चिन्ह खडा गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३