काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन् । पहिलो दिनको बैठकमा सहभागी नभएका उनी दोस्रो दिनको बैठकमा भने सहभागी भएका हुन् ।पीएसओलाई कोरोना देखिएको र आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले जानकारी गराएका थिए ।
कतिपयले देउवाले विश्वासको मत लिँदा उनीलगायतका केही सांसदले बहिस्कार गरेकाले नेपाल कित्ता छाडेको रुपमा समेत हेरेका थिए । आजको बैठकमा उनको सहभागितासँगै नेपाल पक्षलाई राहत मिलेको छ । यसैबीच आजको बैठकमा पनि नेता योगेश भट्टराई भने सहभागी छैनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३