बिगेन तुलाधर, काठमाडौँ – नेपालको आदिबासी जनजाती नेवाः समुदायले लामो समय देखि मनाउदै आएको गुंला पर्व आज देखि सुरु भएको छ । यो समय बौद्ध धर्मावलम्वीहरु विभिन्न चैत्य, विहार र बौद्ध धार्मिक स्थलमा गइ विशेष पुजा-आरधना गरी मनाउने चलन रहेको छ । विशेष गरी स्वयम्भुमा यस अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।
यस गुंला पर्वमा विशेष गरी नेवाः समुदायले गुंला बाजा बजाउने चलन रहेको छ । यो पर्व एक महिना चल्ने गर्दछ । पछिल्लो समय यो बाजामा नयाँ पुस्ताले पनि रुची देखाउदै जात्रा पर्वमा सहभागिता जनाउने क्रम बढ्दो छ । यस बाजालाई भगवान बौद्धको प्रिय बाजाको रुपमा लिने गरिन्छ । आजबाट काठमाडौँ उपत्यकामा विशेष गुंला संगीतको श्रवण गर्ने चलन छ । यस महिना अवधिभर नेवा: संस्कृतीको महत्वपुर्ण पाटोको रुपमा लिइन्छ जहा अघि अघि बाजा र पछि पछि भक्तजन हुन्छन् । यस्ता झाँकीहरु आजदेखि एक महिनासम्म विभिन्न बौद्ध धार्मिक स्थलहरुमा देख्न सकिन्छ ।
यसपर्वको आर्को महत्वपुर्ण पाटो भनेको पन्जारा अर्थात बौद्ध भिक्षुहरुलाई पञ्चतत्व दान गर्ने चलन पनि रहि आएको छ । बौद्ध मार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन पनि हो जहाँ दान अनि शान्ती आत्मीक चिन्तनलाई धेरै नै महत्व दिने गरिन्छ ।
वर्षायाममा बाढी तथा पहिरोले धनजनको क्षती हुने भएकाले यसबाट रक्षा गरिदिन भगवानलाई पुकार्दै पुजा गर्ने चलनको रुपमा गुंला पर्व मनाउने प्रचलन चलेको हो ।
कोभिड-१९ का कारण अघिल्लो वर्ष पनि प्रभावित बनेको गुंला पर्व यस वर्ष पनि प्रभावित बनेको छ। गुंला पर्वमा यस वर्ष पनि अघिल्लो वर्ष जस्तै बाजा नबजाउने तथा हुलमुल नगर्ने गुंला बाजं व्यवस्थापन संरक्षण कमिटिले निर्णय समेत गरेको छ । उक्त कमिटि २३ वटा समूहको साझा कमिटि हो ।
सिमित मानिसले मात्र पुजाआरधना गरी संस्कृतीको निरन्तर्ता दिने तर अन्य गतिविधि यस वर्ष पनि नगर्ने कमिटिले जानकारी दिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३