काठमाडौँ – सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन ल्याउने तयारी गरेको छ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् ।
मन्त्री भुसालले घिसिङलाई ३ बजे बस्ने मन्त्रिपरिषदको बैठकमा नियुक्तीका लागी ठाडो प्रस्ताव लैजाने तयारी गरेकी हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उनको प्रस्ताव स्वीकार गरेको खण्डमा घिसिङले दोस्रोपटक प्राधिकरणको नेतृत्व सम्हाल्ने छन् ।
हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको उर्जा मन्त्रालय स्रोतले जनाएको छ ।
केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३