काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६०९ जना र ६ हजार १४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ६ पुगेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १६ हजार ५९४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४० लाख ५७ हजार ९२३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३