काठमाडौं – लुम्बिनी प्रदेश, नेकपा एमाले संसदीय दलको बैठकले अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ । केही बेर अघि सम्पन्न एमाले संसदीय दलको बैठकले आवश्यक निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई दिएको लुम्बिनी प्रदेशका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।
उनले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाइ, विशेष अधिवेशनका सम्बन्धमा दलहरूसँग परामर्श नै नगरी अघि बढ्ने प्रयत्न गरिएकोमा आफूहरूको घोर आपत्ति रहेको जानकारी दिए ।
‘सदन कसरी चलाउने भन्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर निर्णय गर्ने परम्परा थियो,’ उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाइ अघि बढ्ने प्रयत्न गरेकोमा हाम्रो घोर आपत्ति छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३