काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिने भएका छन् । उनले केही बेरपछि प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउने बुझिएको छ ।
राजीनामा गर्नेबारे उनले संसदीय दलको बैठकमा छलफल गरिरहेका छन् । त्यहाँबाट उनले टुंगो लगाएर अगाडि बढ्ने भएका छन् ।
आज लुम्बिनी प्रदेशमा विशेष अधिवेशन डाकिएको र अविश्वासको प्रस्तावमाथि छलफल बढ्ने तय छ । त्यस अगावै उनले राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न लागेका हुन् । उनीविरुद्धको अश्विासको प्रस्ताव पारित हुने गरी गठबन्धनले सांसद संख्या पुर्याइसकेका छन् । त्यसकारण पनि उनी पछि हट्न लागेका हुन् ।
पोखरेलको पक्षमा ३८ सांसद छन् । जुन ८० सांसद रहेको लुम्बिनी प्रदेशमा अल्पमत संख्या हो । गठबन्धनले ४२ सासद तयार पारिसकेका छन् । यसकारण अविश्वासको प्रस्ताव पारित हुने देखिन्छ ।
बिमला वली खत्री माओवादीमै रहेपछि पोखरेल अप्ठ्यारोमा परेका हुन् । त्यसमाथि हिजो लुम्बिनी प्रदेशका मन्त्री सन्तोष पाण्डेयले राजीनामा दिए ।
पोखरेलले राजीनामा दिएमा बहुमतको सरकार गठनको आव्हान हुने देखिन्छ । माओवादीका कुलप्रसाद केसीले बहुमतको दाबी गर्ने सम्भावना छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३