काठमाडौँ – एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार गठन गरेको छ ।
एमाले संसदीय बोर्ड बैठकले सरकारका काममा निगरानी गर्न छायाँ सरकार गठनको निर्णय गरेको हो । गण्डकीमा एमालेले पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा तीन वर्षभन्दा बढी प्रदेश सरकार सञ्चालन गरेको थियो । छायाँ सरकारमा मन्त्रीको साटो संयोजक तोकिएको छ । उनीहरुले विभिन्न मन्त्रालय हेर्ने एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूहको संयोजकमा मोहनप्रसाद रेग्मी चयन भएका छन् । रामशरण बस्नेतलाई भौतिक पूर्वाधार तथा यातायात, विकास लम्साललाई उद्योग, पर्यटन र वन तथा वातावरण, नरदेवी पुनमगरलाई सामाजिक विकास, चन्द्र मोहन गौचनलाई कानुन, सूचना सञ्चार तथा प्रदेश मामिला र इन्द्रलाल सापकोटालाई आर्थिक मामिला मन्त्रालय हेर्ने गरी संयोजक तोकिएको छ ।
यस्तै मित्रकुमारी गुरुङलाई भूमि व्यवस्था, तथा कृषि, मीनप्रसाद गुरुङलाई ऊर्जा र खानेपानी, स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुदमा राजीव पहारी छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३