काठमाडौं – अफगानिस्तानमा नेपाली नागरिक उद्धार प्रबन्ध मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेको बताएका छन् । उनले नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन समेत निर्देशन दिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन्, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन निर्देशन गरिसकेको छु ।’
देउवाले अफगानिस्तानमा रहेका नेपालीको सजगता र गम्भीरतापूर्वक सरकारले जिम्मेवारी निभाउने स्पष्ट पारेका छन् । सरकारले दायित्वबोध गरी काम बढाइसकेको समेत बताए ।
अफगानिस्तानमा आइतबार तालिवानले शासनसत्ता कब्जा गरेपछि नेपालीहरुको उद्धारको विषय उठिरहँदा प्रधानमन्त्री देउवाको भनाई आएको हो । अफगानिस्तानमा हजारौं नेपालीहरु रोजगारीको सिलसिलामा पुगेका छन् । तर, तथ्यांक सरकारसँग छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३