काठमाडौँ – सरकारले प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई बर्खास्त गरेको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ का प्रमुख झालाई बर्खास्त गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
बैठकले झाको ठाउँमा हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको गृहमन्त्री खाँणले बताए ।
प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस भएका मिश्र नेपाली कांग्रेस महोत्तरीका पुराना नेता हुन् । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य मिश्र महोत्तरबाट २०४८ सालमा सांसदमा निर्वाचित भएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३