काठमाडौं – सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । अहिले भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनकाअनुसार आज ल्याईएको अध्यादेशमा राजनीतिक दल विभाजनको लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था गरिएको छ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालकै आग्रहमा अध्यादेश ल्याईएको बुझिएको छ ।
उता, नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले भने दल विभाजनसम्बन्धी अध्यादेश ल्याईए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने बताएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३