काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेश र अहिले गठबन्धनको सरकारले ल्याएको अध्यादेश एउटै नभएको दाबी गरेका छन ।
बिहीबार समाजवादी केन्द्रले काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै उनले भने, ‘अहिले देउवाजीको नेतृत्वमा गठबन्धनको नयाँ सरकार हुँदा पनि फेरि त्यही अध्यादेश भन्ने कुरा उठेको छ,यसमा डिवेट भएको छ ।
म यो विषयमा डिवेट उठाउने मिडियाकर्मी साथीहरुलाई धन्यवाद भन्न चाहान्छु’, प्रचण्डले भने, ‘तर म केचाहिँ कुरा स्पष्ट पार्न चाहान्छु भने एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो ।
अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नुभएकाले यी दुइटा बाटा फरक छन् ।’ उनले निरपेक्ष र आदर्शवादी ढंगले सवै अध्यादेश उस्तै हुन् भन्नु गलत रहेको समेत बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३