काठमाडौं – नेकपा एमाले विभाजन भएपछि दोस्रो पुस्ताका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई केही लचिलो भई पार्टी एकता जोगाउन आग्रह गर्न पुगेका थिए । उनीहरुले माधव नेपाललाई केही ठाउँ दिएर भएपनि पार्टी फुट अझै जोगाउन सकिने विषय राखे ।
विश्वस्त स्रोतका अनुसार एमाले नेता शंकर पोखरेलले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाएर भएपनि एकता बनाउने प्रस्ताव ओलीसँग राखे । घनश्याम भुसालले पनि त्यही विकल्पबारे कुरा उठाए । तर, दुवैजना नेतालाई ओलीले हप्काएको स्रोतले बतायो ।
ओलीले कुनैपनि हालतमा माधव नेपाललाई एमालेमा ठाउँ नदिने स्पष्ट पारे । उनले माधव नेपालले शेरबहादुर देउवा कहाँ लगेर नेताहरुलाई बेच्न खोजेको भन्दै कुनै हालतमा स्थान नदिने जवाफ दिएका थिए । प्रचण्डको टाङमुनी छिरेको भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३