काठमाडौं – नेकपा (एमाले) का एकता पक्षधर नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास बालकोट पुगेर उनीहरुले अध्यक्ष ओलीसँग लामो भेटवार्ता गरेका हुन् । एकताको लागि यसअघि कार्यदलले तयार पारेको दश बुँदे सहमतिको अक्षरश पालना गर्नुपर्ने उनीहरुको शर्त थियो ।
भेटमा सहभागी एक नेताकाअनुसार दश बुँदे सहमति कार्यान्वयन गर्नको लागि अध्यक्ष ओली सहमत भएका छन् । ओली दश बुँदे कार्यान्वयनमा सहमत भएपछि भोलि नै एमालेको स्थायी कमिटी बैठक राखिएको र उक्त बैठकमा भीम रावल, योगेश भट्टराईलगायतका दोस्रो पक्षका नेताहरु पनि सहभागी हुने ती नेताले जनाए ।
उता, माधव नेपालले भने नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिईसकेका छन् । नेपालले नेकपा (एकीकृ समाजवादी) नामको नयाँ दल दर्ताको लागि निवेदन दिएका हुन् । निर्वाचन आयोगले यही बुधबार सनाखतको लागि बोलाएको छ । त्यो भन्दा अघि नै दश बुँदे कार्यान्वयन र माधव नेपालसहित १४ जना सांसदलाई कारबाही फिर्ता लिन दोस्रो पक्षका नेताहरुले अल्टिमेटम दिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३