काठमाडौं – सबैखाले पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपाल आयल निगम अझै ९६ करोड रुपैयाँ घाटामा रहेको छ । हिजो राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएपछि प्रत्येक १५ दिनमा निगमले करिब एक अर्ब रुपैयाँ घाटा व्यहोर्ने भएको हो ।
डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको व्यापारमा उक्त रकम घाटा भएको निगमले बताएको छ । जसमध्ये सबैभन्दा बढी एलपी ग्याँसमा ६२ करोड रुपैयाँ नोक्सान भएको छ ।
निगमले डिजेल÷पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ र डिजेलमा २.६ रुपैयाँ घाटा हुने निगमले जानकारी दिएको छ । यस्तै, खाना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य बढेपछि प्रतिसिलिन्डर ४२० रुपैयाँ ७५ पैसा घाटामा रहेको बताइएको छ ।
१५ दिनको अवधिमा पेट्रोलमा १९ करोड, डिजेलमा १९ करोड र एलपी ग्यासमा ६२ करोड २२ लाख रुपैयाँ घाटा भएको निगमले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३