काठमाडौं – सर्वाेच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय र प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सहमतिको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहालीको माग राखेर शाक्यले दायर गरेको रिटमामाथि मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन दिनभित्र सक्कल फाइल झिकाउन आदेश दिएको हो ।
इजलासले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल तथा प्राधिकरण र शाक्यबीच भएको सम्झौताको फाइल तीन दिनभित्र झिकाउन आदेश दिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३