काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमाले विभाजन गर्नेसम्मको गतिविधि हुनु दुर्भाग्यपूर्ण अवस्था रहेको बताएका छन् । बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र लामो समयदेखि जारी रहँदै आएको विवादका कारण तमाम कार्यकर्ता पंक्ति निराश भएको अवस्थामा विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको स्मरण गराए ।
‘अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा समस्याको निकास खोज्न १० सदस्यीय कार्यदल बन्यो’ उनले भने, ‘डेढ महिना समय लगाएर आन्तरिक समस्यामा छलफल गरियो र लामो छलफलपछि १० बुँदे प्रस्ताव त्यो कार्यदलले तयार गर्यो ।’ तर त्यो सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने अवस्थामा माधवकुमार नेपालले अलग दल दर्ताका लागि सक्रियता बढाएको भन्दै उनले गुनासो गरे ।
‘आफैले कार्यदल निर्माण गर्ने, त्यो कार्यदलले १० बुँदे प्रस्ताव गरेको अवस्थामा माधवकुमार नेपाल नेतृत्वमा पार्टी विभाजन गर्ने तहसम्मको क्रियाकलाप भयो’ उनले भने, ‘यो दुर्भाग्यपूर्ण अवस्था हो ।’ दल विभाजनका विगतका इतिहासलाई हेर्दा यसबाट अतिवादी शक्ति मौलाउने खतरा देखिएको उनले बताए । दल विभाजनले कसैको हित नगर्ने पनि उनले प्रस्ट पारे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३