काठमाडौं – काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि दिइने भएको छ । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११ गतेदेखि १३ गतेसम्म दोस्रो मात्रा दिइने स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।
खोपको दोस्रो मात्रा करिब २ लाख १६ हजार नागरिकले लगाउने उनले बताए । भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले ९ गते दिइने भनेको खोप कार्यतालिकाअनुसार खोप नदिएर भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको स्वास्थ्य प्रमुख खड्काको भनाइ छ । भदौ ४ गतेदेखि सुरु भएको भेरोसेलको पहिलो मात्रा आज र भोलि पनि खोप अभियान सञ्चालन हुने उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३