काठमाडौं – नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवादबीच संस्थापन पक्ष र इतर समूहबीच कुरा मिलेपछि जिल्ला सभापतिहरुले अनसन तोडेका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले अनसन तोडाएका हुन् ।
सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने भनेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज विहानै बैठक बसी महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको थियो । जिल्ला सभापतिहरुलाई पनि अनसन तोड्न आग्रह गर्ने भनिएको थियो । त्यसबमोजिम उनीहरु अनसन तोड्न तयार भएका हुन् ।
क्रियाशील सदस्यहरुको नाम छुटेको भए पुनः नामावली समावेश गर्ने प्रतिवद्धता संस्थापन पक्षले गरेको थियो । योसँगै बुधबार देखि रिले अनसनमा बसेका सभापतिहरु महाधिवेशनमा केन्द्रित हुने भएका छन् ।
काँग्रेसले १८ भदौमा गाउँपालिका र नगरपालिकाको वडा तहको अधिवेशन गर्ने तय गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३