काठमाडौँ – स्याकर ट्रेडिङ्ग कम्पनीका अध्यक्ष शौरभ ज्योति सुपर बाइकमा कोरला पास पुगेका छन् । उनी शुक्रबार बिहान १० बजे उक्त स्थानमा पुगेका हुन् ।
सुपर बाइकका पारखी पनि रहेका शौरभ यसअघि पनि बाइक यात्रामा निस्किने गरेका थिए ।
कोरला पास अपर मुस्ताङ्ग र तिबतको बीचमा पर्दछ । शौरभ ज्योति सुपर बाइकमा ४६०० मिटर उचाइको कोरला पास पुगेका हुन् । उनले होण्डाको सिबिआर १००० आरआर बाइकमा कोरला पासको यात्रा तय गरेका हुन् । यस यात्रासँगै उनी सुपर बाइकमा कोरला पास पुग्ने पहिलो व्यक्ति भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७