पुर्व प्रधानमन्त्री एवंम् एमाल अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेपाली कांग्रेसले ३०–३२ सिट मात्र जित्ने बताएका छन ।
उनले शनिबार कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । ओलीले भने, ‘कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्छ, उनीहरुलाई बहुमत ल्याउन कठिन छ, बहुमत ल्याउने एमालेले नै हो ।’
ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे नै नभएको दाबी गरे । अगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाँक्छ र गठबन्धनको नेता को हो भन्ने जवाफ उनीहरुसँग नभएको टिप्पणी उनले गरेका छन् ।
उनले सरकार बनाउँछौँ भन्ने विश्वास नभएकै कारण गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्न नसकेको पनि बताए ।गठबन्धन की ठगबन्धनको अगामी कार्यक्रम के हो र सरकार कसले हाक्छ नेता को हो एमालेले जस्तै गठबन्धनले फलानो हाम्रो प्रधानमन्त्री हो भनेर किन भन्न सक्दैन,’ ओलीले भने, ‘किनकी उनीहरुलाई सरकार बनाउँछौं भन्ने विश्वाव नभएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७