पूर्वप्रदेश सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ काठमाडौँ – ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
श्रेष्ठ १० हजार १०५ मत ल्याएर संघीय संंसदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिह्न लिएर उम्मेदवारी दिएका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका जीवनराम श्रेष्ठले ४ हजार ८ सय ७७ मत मात्र ल्याए।
हरप्रहरसंग कुरा गर्दै श्रेष्ठले काठमाडौँ – ८ ले नेता होइन आफ्नो अजेण्डा बोकिदिने साथि पाएको बताए। निर्वाचित भए पश्च्यात धन्यवाद र्यालीमार्फत उनी आफ्नो छेत्रका मतदाताहरुलाई धन्यवाद दिएका छन्। उनले माटो शिरमा राख्दै आफ्नो छेत्रका मठ-मन्दिरमा दर्शन पनि गरेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७