नयाँ सरकार गठन भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको विदाई भएका छन ।
मन्त्रालयमा आज (सोमबार)आयोजित एक कार्यक्रमबीच कर्मचारीहरूले उनको विदाई गरेका हुन । २०७९ असार १३ गते मन्त्रालयको नेतृत्व सम्हालेका कुँवरले विदाईको क्रममा श्रमिकको हित हुनेगरी काम गर्न आग्रह गरेका छन ।
उनले भने,‘हाम्रा दाजुभाइहरू विदेशमा कतिको समस्या भोगिरहेका हुन्छन् भन्ने कुरा मैले नजिकबाट नियाल्ने मौका पाएको छु । मध्यरातमा पनि फोन आउँदा फोन उठाएर उनीहरूका पीडा सुन्ने गरेको र त्यो पीडाले सुत्न समेत सक्दिन’ ।
उकले मन्त्रीहरूको आउने जानेक्रम क्रम चलिरहने गरेको भन्दै स्थायी भनेका कर्मचारी रहेकोमा जोड दिएका छन । मन्त्रीबाट विदाई भएका कुँवरले मन्त्री क्वार्टर समेत आजैदेखि छोडेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३