नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुराकानी गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटारबाट फर्किएका छन् ।
बुधबार मध्यान्ह १२ बजे प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका ओलीले प्रचण्डसँग नयाँ सरकारको विषयमा बृहत छलफल गरेका छन्। दुईबीच साढे दुई घण्टा कुराकानी भएको थियो ।
खुमलटारबाट बाहिरिदै ओलीले नयाँ बनेको सरकारलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा दुईबीच छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । उनका अनुसार सरकारको कार्यक्रम तयार गर्ने विषयमा पनि दुईबीच छलफल भएको थियो ।
आज बुधबार नै नयाँ वानेश्वरमा सत्ता साझेदार दलहरुको बैठक बोलाइएको छ । सत्ता गठबन्धनको बैठकमा मन्त्री भागवण्डाका विषयमा छलफल हुने बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३