सत्ता गठबन्धनको बैठकमा मन्त्री बनाउँदा क्षमताका आधारमा हुनुपर्ने चर्चा चलेको छ ।
सत्ता गठबन्धनको बैठकको निर्णय सुनाउदै गृहमन्त्री रवि लामिछाने अब मन्त्री बनाउँदा विज्ञबाट हुनुपर्ने विषय पनि उठेको सुनाए ।
‘सत्ता साझेदार दलको बैठकले पार्टीमा भएका विषय विज्ञका आधारमा नेतृत्व दिनुपर्ने विषयमा पनि चर्चा भएको छ,’ उनले भने, ‘अब मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधारमा गर्ने निर्णय गरिनेछ ।’
त्यस्तै मन्त्रिपरिषद विस्तार विश्वासको मत लिएपछि वा पछि हुने विषयमा अहिले नै टुंगो नभएको मन्त्री लामिछानेले बताए ।
‘मन्त्रिपरिषद् विस्तार सरकारले विश्वासको मत लिएपछि कि नलिइ भन्ने विषयमा त्यतिधेरै कुरा भएन,’
लामिछानेले भने, ‘अघि वा पछि पनि हुन सक्छ।’
उनले मन्त्रिपरिषद् विस्तारको कुरालाई विश्वासको मतसँग जोडेर नहेरेको पनि बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३