माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता गर्नेबारे छलफल सुरु भएको छ ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग पार्टी एकताबारे छलफल अघि बढेको बताए ।
मंगलबारको पोलिटब्यूरो बैठकपछि खतिवडाले उक्त जानकारी दिएका हुन् । ‘जसपासँग एकता भयो भने आश्चर्य नमाने हुन्छ’, खतिवडाले भने, ‘हामी छलफलमै छौं, सकारात्मक छलफल अघि बढेको छ ।’
४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा दुवै दलले सोचेजस्तो परिणाम नल्याएपछि उनीहरु एकता प्रयासमा जुटेका हुन् । प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद् छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३