पूर्व मन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले साथ दिने भएका छन् ।
लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरी स्थित मानन्धर निवासमा भोटवार्ता भएको छ ।
मिलेर पार्टी खोल्ने पूर्व सहमति अनुरुप मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिएका छन ।
प्रभु साह र पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबीच भेटवार्ता भएको हो । उहाँहरु शहरी विकास मन्त्रालयमा हुँदा देखि राम्रो सम्बन्ध थियो । त्यसकै निरन्तरता हो यो भेट ।
उहाँ (रामवीर मानन्धर) हाम्रो पार्टीको साथमा हुनुहुन्छ । संक्षिप्त जानकारी दिदै यादवले यस्तो बताएका हुन । ०७७ केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री रहेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३