उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका १५ सडक आयोजना सक्न निर्माण कम्पनीलाई लिखित प्रतिबद्धता गराएका छन् ।
समयमै काम नसक्ने प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीसहितका ठेकेदार कम्पनीलाई उनले ‘निर्माण पूरा गर्न’ निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा सडक निर्माणलगायत सरकारी ठेक्का पाएको लामो समयसम्म काम पूरा नगर्ने ठेकेदार कम्पनीका प्रतिनिधिलाई बिहीबार मन्त्रालयमै बोलाएर ‘समयसीमा निर्धारण गरी काम सम्पन्न गर्न’ निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार निर्माण कम्पनीसम्बद्ध अधिकारीलाई बोलाएर उपप्रधानमन्त्री श्रेष्ठले ‘काम लिएर समयमा सम्पन्न नगर्ने ठेकेदारबाट निश्चित समयमा पूरा गर्ने लिखित प्रतिबद्धता’ गर्न लगाएका हुन् ।
प्रतिबद्धता जनाउनेमा प्रधानमन्त्री प्रचण्डका घरबेटी अधिकारीको कम्पनी शैलुङ कन्सट्रक्सनका प्रतिनिधि अनुप अधिकारीसमेत छन् ।
काठमाडौंका ६, भक्तपुरका चार र ललितपुरका पाँच ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायीका प्रतिनिधिलाई बोलाएर ‘अल्टिमेटम’ दिइएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३