बानेश्वरमा आगो लगाएर घाइते भएका प्रेमप्रसादको निधन भएको छ । बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले पुष्टि गरेका हुन । हिजो दिउँसो करिब ३ बजेको समयमा बानेश्वर चोकमा शरीरमा आगो लगाएर छटपटाउँदै ढलेका उनको उपचारको क्रममा मृत्यु भएको हो । उनको उपचारका क्रममा आज बिहान ५ निधन भएको अस्पतालले जनाएको छ ।
मंगलबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो।
अस्पतालमा भेट्न पुग्दा राज्यमन्त्री डा – तोसिमा कार्कीसँग प्रेमप्रसादले आग्रह गर्दै भनेका थिए , “रवि सर र प्रचण्ड सरलाई भेट्न पठाइदिनुस्” तर भेट्न नपाउदै उनको निधन भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७