राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । आइतबार केन्द्रीय कार्यालय बसुन्धारामा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
यसअघिको बैठकले सरकारलाई सरकारमा रहनका लागि रास्वपाले २ दिनको समय दिएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वाेच्चको पूर्णपाठ नआएसम्म रवि लामिछानेलाई गृहमन्त्री नबनाउने अडान लिएपछि अन्ततः रास्वपा सरकारमा नरहने निर्णयमा पुगेको हो ।
नागरिकता विवाद मुद्दामा सर्वाेच्च अदालतले रवि लामिछानेलाई दोषी ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट स्वतः पदमुक्त भएपछि सरकार र रास्वपाबीचको मतभेद चर्किएको थियो । गृहमन्त्रीसँगै सबै पदबाट मुक्त भएको २ दिनमै रविले पुनः नागरिकता प्राप्त गरेका थिए । नागरिकता प्राप्तिसँगै गैरसांसदको हैसियतमा ६ महिनाका लागि गृहमन्त्री बनाउन लामिछानेले प्रधानमन्त्री प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भुटवार्ता गर्दैै आएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड रविलाई गृहमन्त्री बनाउन तयार भएनन् ।
प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई गृहमन्त्री बनाउन तयार नभएपछि अन्ततः रास्वपा सरकारबाट बाहिरिएको छ । रास्वपाले मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको छ ।
यसैगरी आज नै रास्वपाबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय पनि भएको छ । उक्त निर्णयपछि आज नै राजीनामा बुझाउने रास्वपाका सभापति रवि लामिछानेले बताएका छन्।
रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री रहेका छन् । मन्त्रीहरुले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिन लागेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३