नेपाली कांग्रेसका सभापति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
आज बिहान धुम्बाराहीस्थित देउवा निवासमा सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा बिहीबार कांग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए। सुदूरपश्चिम सरकारमा नेकपा एकीकृत समाजवादीलाई पनि समेट्ने तयारीमा कांग्रेस छ। यो विषयमा पनि भेटवार्तामा कुराकानी भएको बताइएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७