प्रयोजन विपरित यात्रुसँग भाडा लिएको भन्दै ट्राफिक प्रहरीले १७ जना मोटरसाइकल चालकलाई कारबाही गरेको छ।
निजी प्रयोजनमा दर्ता भइ भाडा लिइ यात्रु बोक्ने गरेको पाइएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले १७ जना मोटरसाइकलका चालकलाई कारबाही गरिएको प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
त्यस्तै यात्रुबाट बढी भाडा लिने ९ जना ट्याक्सी चालकलाई पनि कारबाही गरिएको छ। बढी भाडा लिएको र मिटरमा जान नमानेको भन्दै उनीहरूलाई कारबाही गरिएको प्रवक्ता भट्टले बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७