प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरु बर्खास्त गर्ने संकेत पाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो ।
गत पुस १० गते बनेको नयाँ गठबन्धनमा राप्रपा सरकारमा सहभागी भएको थियो। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा तीन जना मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा गएको थियो। शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकले आठ दलीय गठबन्धन बनाउने निर्णयसँगै राप्रपा सरकारबाट बाहिरिएको हो।
सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जा तथा सिंचाईमन्त्री रहेका छन् भने विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रबबहादुर प्रधान कानूनमन्त्री र दीपकबहादुर सिंह उर्जा तथा सिंचाइमन्त्री रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३