राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नयाँ मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा लागेका छन् । मन्त्रिपरिषद विस्तारका लागि प्रचण्डले बुधबार बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल राखेका छन् । बालुवाटारमा बुधबार साँझ साढे ५ बजेदेखि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेका छन् ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी छन् । बैठकमा मन्त्रिपरिषद् विस्तार र नयाँ सरकारमा शक्ति बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३