राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुने समुदायको विरुद्धमा छ भन्ने भाष्य जबरजस्त रुपमा लाद्न खोजेर निमुखा नागरिकलाइ गुमराहमा राख्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले आफु र आफ्नो दल नागरिकता विधेयकको विपाक्षमा नरहेको प्रष्टीकरण दिएका छन् ।
उनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियानै गलत भएको कारण विरोधमा उत्रनु परेको प्रष्ट पारे उनले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने धारणा रहेको बताए ।
‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ । साँच्चै नै छ,जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ ।’उनले भने
‘विधेयक संसदमा आएको भए हामी छलफल गर्थ्यौं । त्यहाँ भएको विभेदका विषयमा हामी कुराकानी गर्थ्यौं,’ उनले भने, ‘गलत बाटोबाट गएको हुनाले विरोध जनाएका हौं ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३